Section 6
प्रेषण (रेफरल) सेवा
: (१) प्रत्येक स्वास्थ्य संस्थाले उपचारको लागि आएको बिरामीलाई आफ्नो स्वास्थ्य संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य कुनै उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारको लागि तुरुन्त त्यस्तो बिरामीलाई उपचार प्रदान गर्न सक्ने स्वास्थ्य संस्थामा प्रेषण गर्नु पर्नेछ।
(२) स्वास्थ्य संस्थाले उपदफा (१) बमोजिम प्रेषण गर्दा तोकिए बमोजिमका विधि र प्रकृया पूरा गर्नु पर्नेछ।
(३) विशेषज्ञ सेवा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाबीच आवश्यक प्रेषण प्रणाली स्थापना गरी सेवा प्रभावकारी बनाउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले आवश्यक व्यवस्था मिलाउनेछ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आपतकालीन उपचारको क्रममा रहेका बिरामीलाई प्रेषण गर्दा प्रेषित गर्ने स्वास्थ्य संस्थाले आफुसँग रहेका न्यूनतम स्वास्थ्य सम्बन्धी उपकरण एवं उपलब्ध स्वास्थ्य सुविधा सहित प्रेषित गर्नु पर्नेछ।